BIZMANDU
www.bizmandu.com

आईएमईसँग एनसेलको साझेदारी, आईएमई गर्नेलाई २५ रुपैयाँ व्यालेन्स सहितको ब्राण्डेड नयाँ सिम

२०७० बैशाख ३

आईएमईसँग एनसेलको साझेदारी, आईएमई गर्नेलाई २५ रुपैयाँ व्यालेन्स सहितको ब्राण्डेड नयाँ सिम
आईएमईसँग एनसेलको साझेदारी, आईएमई गर्नेलाई २५ रुपैयाँ व्यालेन्स सहितको ब्राण्डेड नयाँ सिम


काठमाडौं । निजि क्षेत्रका दुई ठूला कम्पनी ईन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) र मोवाईल सेवा प्रदायक कम्पनी एनसेलवीच ब्राण्डेड सिम वितरण योजना सुरु भएको छ । यसअन्तर्गत आईएमई गर्ने सेवाग्राहिलाई २४ रुपैयाँ बोनस व्यालेन्स र एक रुपैयाँ मुख्य व्यालेन्स सहितको “एनसेल आईएमई प्याक” सिम उपहार निशुल्क वितरण गरिनेछ । ‘आईएमई गरौ, एनसेलको सिम उपहार पाऔं’ नाराका साथ ल्याईएको यो योजना २०७० वैशाख र जेठ महिनाभरि सञ्चालन गरिनेछ ।
दुवै कम्पनीका सेवाग्रही लक्षित यो योजना अनुसार नेपाल भरि छरिएर रहेका आईएमईका ७६ आईएमई सेन्टर, एक हजारभन्दा बढी एजेन्ट साथै केहि वाणिज्य बैक तथा वित्तीय संस्थाबाट आईएमई गर्ने सेवाग्राहीले एनसेलको सीम प्राप्त गर्नेछन् । सिम प्राप्त गर्न नागरिकता वा सवारी चालक अनुमति पत्र वा राहदानीको छाँया प्रतिका साथमा एक प्रति पासपोर्ट साईजको फोटो सहित सेवाग्राहिले निशुल्क फारम भर्नु पर्ने मंगलवार आईएमईले जारी प्रेस विज्ञप्तिमा छ । दुई भिन्नै पृष्ठभुमि र क्षेत्रका कम्पनी भए पनि सेवाग्राही एकै प्रकारका हुने भएकाले सेवाग्राहीलाई दोहोरो सुविधा दिन यस्तो नौलो र रचनात्मक योजना संचालन गरिएको कम्पनीले जानकारी दिएको छ ।

Tata
GBIME