BIZMANDU
www.bizmandu.com

बालबालिकाले मोबाइलमा युट्युब हेरेर हैरान हुनुहुन्छ? यसरी गर्न सकिन्छ युट्युब ब्लक

२०७४ भदौ ५

काठमाडौं।वर्ल्डलिंकले बालबालिकाको इन्टरनेट उपयोगले पार्ने नकारात्मक प्रभावलाई ख्याल राख्दै सुरक्षित इन्टरनेट सेवा सुरुवात गरेको छ ।

Tata
GBIME
Nepal Life

कम्पनीले ग्राहकलार्इनै विभिन्न साइट नियन्त्रण गर्नसक्ने सुविधा दिनेछ।कम्पनीले आफ्ना ग्राहकलार्इ यो सेवा निशुल्क दिएको हो। सेफनेटको सेटिङ र कन्ट्रोलहरु वर्ल्डलिंकको ग्राहक पोर्टल अथवा माई वर्ल्डलिंकको  एप्सबाट पाइने कम्पनीले जनायो।
 

•बच्चाहरुको अध्ययनको अवधिमा सामाजिक मिडियालाई प्रतिबन्ध
 
•डिभाइसहरुलाई नकारात्मक प्रभाव पार्ने वेवसाइटहरु ब्लक
 
•वेवसाइटहरु ब्राउजिंग गर्दा विज्ञापनहरु फिल्टर
 
•वयस्क सामग्रीहरुलाई पूर्ण रुपमा बन्देज
 
•फेसबुक,ट्वीटर,युट्युब जस्ता सामाजिक सञ्जालको प्रयोगलाई बन्देज
 
•आफ्नो समय तालिका अनुसार वेवसाइट अन र अफ
 
•विशेष वेवसाइट वा डोमेनहरु ब्ल्याक लिस्ट वा ह्वाइट लिस्ट
 
यो सेवा नेपाली बजारमा अभ्यासको रुपमा सञ्चालन गर्न लागेको जनाउँदै कम्पनीले कुनै किसिमको ग्यारेन्टी नरहेको स्पस्ट पारेको छ।