BIZMANDU
www.bizmandu.com

लक्ष्यभन्दा कममै मूल्य बृद्धि समेट्न राष्ट्र बैंक सफल, बर्षभरीको मूल्य बृद्धि साढे चार प्रतिशत

२०७४ भदौ ५

काठमाडौं। नाकाबन्दीले बढेको मूल्य बृद्धि यसपाली घटेको छ। नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्षको देशको आर्थिक विवरण सार्वजनिक गर्दै बर्षभरीको मूल्य बृद्धि साढे चार प्रतिशतमा सीमित भएको जनाएको छ। 
 
अघिल्लो बर्ष मूल्य बृद्धि ९.९ प्रतिशत थियो। राष्ट्र बैंकले मूल्य बृद्धि साढे सात प्रतिशतमा राख्ने लक्ष्य लिएको थियो।
 
यसपाली पहाडमा ६.४ प्रतिशतले मूल्य बृद्धि भएको छ। तराईमा ४.४ प्रतिशत, हिमालमा ४.१ प्रतिशत र काठमाडौंमा ३.१ प्रतिशतले मूल्य बृद्धि भएको छ।
 

Tata
GBIME
Nepal Life