BIZMANDU
www.bizmandu.com

६ ब्रोकर कम्पनी सस्पेन्डको असर शेयर बजारमा, सूचकांक ६ अ‌ंकले घट्यो, एचपिपिलार्इ १०% नाफा

२०७४ भदौ ५

काठमाडौं। साताको दोस्रो दिन पनि बजार आरोलो लागेको छ। सोमबारको कारोबारमा शेयर बजार सँगसँगै कारोबार पनि घटेको छ।

Tata
GBIME
Nepal Life

बजार ६.४ अंकले ओरालो लाग्दा सूचक १६११.५७ अंकमा झरेको छ। कारोबार पनि अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार ७९ करोड ४५ रुपैयाँ कारोबार भएकोमा सोमबार ५२ करोड २० लाख रुपैयाँको शेयर किनबेच भएको छ।

आजै धितोपत्र बोर्डले नियमन शुल्क नतिरेको भन्दै सोमबार देखि ६ कम्पनीलार्इ कारोबार गर्न रोक लगाएको असर शेयर बजारको कारोबारमा परेको हो।

बजारका सबै समूहका सूचक ओरालो लागेका छन्। बैंक ४.४३, होटल ३.२६, विकास बैंक ९.६८, हाइड्रो ३.८७, फाइनान्स ०.६५, इन्स्योरेन्स ७.९५, उत्पादन मुलक १८.३९ ले घटेका छन् ।  अन्य समूह भने नगण्यमात्र ०.५७ अंकले बढेको छ।

आज प्राइम लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ। प्राइमको ७ करोड २१ लाख कारोबार भएको हो। बजारमा सबैभन्दा बढि हिमालयन पावर पार्टनरका शेयरधनीले १० प्रतिशतले कमाएका छन्। हिमालय डिस्ट्रलरिका लगानीकर्ताले  भने ५ प्रतिशत भन्दा बढिले गुमाएका छन्।