BIZMANDU
www.bizmandu.com

माहुली लघुवित्तले पायो स्टक सिम्बोल, न्यूनतम ५४२ देखि अधिकतम १६२६ रुपैयाँमा कारोबार सुरु

२०७४ भदौ ५

काठमाडौं। माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले सोमबार स्टक सिम्बोल पाएको छ। नेपाल स्टक एक्सचेन्जमा संस्थाको कारोबार MSLB  कोडबाट कारोबार हुने भएको छ।

Tata
GBIME
Nepal Life

संस्थाको चार लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा लिस्टिङ भैसकेको छ। संस्थाले गत जेठमा एक लाख २० हजार कित्ता बराबरको साधारण शेयर (आइपिओ)  जारी गरेको थियो।

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएसँगै कम्पनीको कारोबार न्यूनतम ५४२ रुपैयाँदेखि अधिकतम १६२६ रुपैयाँमा कारोबार सुरु गर्न पाइने नेप्सेले जनाएको छ।