BIZMANDU
www.bizmandu.com

भदौदेखि प्रतिसिलिण्डर १७७४ !, धन्दा नमान्नुहोस् यो मूल्य व्यवसायीलाई हो

२०६९ साउन ७

भदौदेखि प्रतिसिलिण्डर १७७४ !, धन्दा नमान्नुहोस् यो मूल्य व्यवसायीलाई हो
भदौदेखि प्रतिसिलिण्डर १७७४ !, धन्दा नमान्नुहोस् यो मूल्य व्यवसायीलाई हो

काठमाडौं । भदौदेखि होटेल, रेष्टुरेन्ट र उद्योगले परल मूल्यमा ग्यास सिलिन्डर किन्नुपर्ने भएको छ । सरकारले घरायसी र व्यवसायिक प्रयोजनका दुई सिलिन्डर बनाउने भएपछि उद्योगहरुले परल मूल्यमा ग्यास किन्नुपर्ने भएको हो । व्यवसायिक प्रयोजनका ग्यासका सिलिन्डर निलो हुनेछन् । अहिले घरायसी प्रयोजनको सिलिन्डरको मूल्य १४ सय १५ रुपैयाँ छ । यसमा आयल निगमलाई एक सिलिन्डरमा ३ सय ५९ रुपैयाँ घाटा छ ।
व्यवसायिक प्रयोजनमा जाने ग्यासले यो घाटा समेत जोडेर मूल्य तय हुनेछ । भदौमा यही मूल्य रहेमा व्यवसायिक प्रयोगमा जाने ग्यासको मूल्य १७ सय ७४ रुपैयाँ हुनेछ । पाँचतारे होटेल, रेष्टुरेन्ट, क्याटरिङ लगायतले महँगो मूल्यमा परिकार बिक्री गरेपनि सरकारको अनुदानको ग्यास चलाइरहेका थिए । अझ यी उद्योगले भ्याट फिर्ता वापतको रकम समेत पाउँदा ग्यास अझ सस्तोमा पाउदै आएका छन् ।
भदौदेखि आयल निगमले सबै ग्यास उद्योगलाई पचास प्रतिशत घरायसी र पचास प्रतिशत व्यवसायिक सिलिन्डर बनाइसक्नुपर्ने निर्देशन दिएको छ । यही आधारमा ग्यास खरीद आदेश(पिडियो) जारी गर्नेछ । यसरी पिडियो जारी भएपछि निगमलाई ग्यासमा हुँदै आएको नोक्सानी समेत घट्नेछ । निगमलाई यो महिना ग्यासबाट मात्रै ४३ करोड नोक्सानी भएको छ ।

Tata
GBIME
Nepal Life