BIZMANDU
www.bizmandu.com

प्राइम लाइफले बोलायो साधारणसभा, २५ प्रतिशत बोनस शेयर पछि १६० प्रतिशत हकप्रद दिने

२०७४ भदौ ५

काठमाडौं। प्राइम लाइफ इन्स्योरेन्सले भदौ २७ गते एकै पटक सातौँ, आठौं, नवौं र दशौं बार्षिक साधारणसभा गर्ने भएको छ। सभामा २०६९ देखि २०७३ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनश शेयर दिने विशेष प्रस्ताव लैजाने कम्पनी सञ्चालक समितिको निर्णय छ।
 
बोनस शेयर जारी पश्चात कायम हुने चुक्ता पूँजीमा १६० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव पनि सञ्चालक समितिको छ। कम्पनीको हालको चुक्ता पूँजी ४८ करोड ८१ लाख रहेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले २५ प्रतिशत बोनस शेयर दिए सँगै पूँजी ६१ करोड पुग्ने छ। हकप्रद शेयर जारी गर्दा कम्पनीको चुक्ता पूँजी एक अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ। त्यस पछि बोनस शेयर मार्फत बीमा समितिले तोके बमोजिम दुई अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने तयारी रहेको कम्पनी स्रोतले जानकारी दियो।
 

बोनस शेयर तथा साधारणसभा प्रयोजनको लागि भदौ १४ गते एक दिन बुक क्लोज हुने कम्पनीले जनाएको छ। भदौ १३ गतेसम्म कायम हुने शेयरधनीले मात्र बोनस शेयर पाउनेछन्। 
 
कम्पनीले साधारणसभाबाट दुर्इ जना स्वतन्त्र सञ्चालकको नियुक्ती पनि अनुमोदन गराउने भएको छ।