BIZMANDU
www.bizmandu.com

स्वदेशीको १५ प्रतिशत वोनस सेयर, सिद्धार्थको ग्रोथ स्किमको ६० र अर्कोको २५ प्रतिशत नगद लाभांस

२०७४ भदौ ४

काठमाडौँ। स्वदेशी लघुवित्त वित्तीय संस्थाले आफना शेयरधनीलाई लाभांस घोसणा गरेको छ। कम्पनीको संचालक समिति बैठकले १५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो। कम्पनीले घोषणा गरेको लाभांस साधारणसभा र नेपाल राष्ट्र बैंकले स्विकृत गरेपछि शेयरधनीले प्राप्त गर्ने छन्। 
 
हाल कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षमा कम्पनीले २३ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 
 
यसैगरि सिद्धार्थ क्यापिटलले दुई वटा स्किमको नगद लाभांस घोषणा गरेको छ। कम्पनीको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-१ को ६० र सिद्धार्थ इक्विटी ओरेन्टेट स्किमको २५ प्रतिशत  नगद लाभास घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life