BIZMANDU
www.bizmandu.com

प्रभु बैंकले गर्यो वालिङ क्याम्पसलार्इ कम्प्युटर सहयोग, खुद नाफाको एक प्रतिशत सामाजिक सेवामा

२०७४ भदौ २

काठमाडौं। प्रभु बैंकले वालिङमा शाखा विस्तारको दोस्रो वर्षको अवसरमा वालिङ बहुमुखी क्याम्पसलार्इ एक थान कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व शिर्षकको रकमबाट कम्प्युटर सहयोग गरेको हो।

Tata
GBIME
Nepal Life

बैंकले खुद नाफाको एक प्रतिशत सामाजिक उत्तरदायित्व लागि खर्च गर्ने भएकाले अझै यस्तो सहयोग गर्दै जाने बैंकको पश्चिम क्षेत्रका प्रमुख रेनुप्रसाद पाण्डेले बताए।

बैंकले यस अघि पनि स्याङ्जाको वालिङमा रक्तदान, निःशुल्क आँखा शिविर, युवाहरुलार्इ बैंकिङ सचेतना कार्यक्रम गर्दै आएको बैंकको वालिङ शाखाका शाखा प्रमुख हरिप्रसाद डुम्रेले बताए।

२०३७ सालमा स्थापना भएको क्याम्पसमा प्लस टु, स्नातक र स्नातकोत्तरमा गरी १३ सय भन्दा धेरै विद्यार्थी अध्ययन गर्छन्।