BIZMANDU
www.bizmandu.com

खारेजीमा लैजान खोजिएको आइएमर्इ लाइफको कारोबार सुरु, किन खारेजीमा लैजान खोजिएको थियो?

२०७४ भदौ १

खारेजीमा लैजान खोजिएको आइएमर्इ लाइफको कारोबार सुरु, किन खारेजीमा लैजान खोजिएको थियो?
खारेजीमा लैजान खोजिएको आइएमर्इ लाइफको कारोबार सुरु, किन खारेजीमा लैजान खोजिएको थियो?

काठमाडौं।१० वर्षसम्म लाइसेन्सको प्रकृया अघि नबढेपछि आइएमर्इ लाइफ इन्स्योरेन्स कम्पनी लिक्विडेसन(खारेजी)को तयारी भएको थियो।

Tata
GBIME
Nepal Life

कम्पनी खारेजीका लागि संस्थापकहरुको बैठक पनि बोलार्इयो।तर केही संस्थापकहरुले अहिले तत्काल खारेजी नगर्न सुझाब दिए।केही संचालकले दिएको त्यही सुझाब आइएमर्इ लाइफको लागि सञ्जिवनी वुटी बन्यो।१० वर्षको लामो पर्खार्इपछि आइएमर्इ लाइफले विहिबारदेखि कारोबार सुरु गरेको छ।तीन महिनाअघि १० वटा जीवन बीमा कम्पनीले संचालन स्वीकृति पाएपछि कारोबार गर्ने पहिलो कम्पनी बनेको छ आइएमर्इ लाइफ।
 

’१० वर्षसम्म संचालनको स्वीकृति नपाउने देखेपछि हामीले खारेजीको प्रकृयामा लैजाने तयारी गरेका थियौ’आइएमर्इ समूहका अध्यक्ष चन्द्र ढकालले कारोबार शुभारम्भका अवसरमा भने,एउटा कम्पनी स्थापना भएर १० वर्षसम्म संचालन गर्न नपाउँदा खारेजीमा लैजानुको विकल्प सोचेका थियौ।तर सौभाग्य संचालनको स्वीकृती पायौं र यो कम्पनी १० वर्ष पूरानो कम्पनी पनि हो।‘

उनले जीवन बीमा कम्पनीको बजार उल्लेख्य रहेको बताउँदै बीमा बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए।कम्पनीको लैनचौरस्थित हाथवे कम्प्लेक्सको पहिलो तल्लामा यसको कार्यालय छ।बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागार्इँले कारोबार शुभारम्भ गरे।
 

कार्यक्रममा कम्पनीका अध्यक्ष डा. रामहरि अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठ,आइएमई गुप्रका प्रबन्ध निर्देशक हेमराज ढकाल, नेपाल बीमक संघका कार्यवाहक अध्यक्ष दिपप्रकाश पाण्डेले बोलेका थिए।