BIZMANDU
www.bizmandu.com

सरकारी कामका लागि पैसा मागे टोल फ्रि नम्बर १०७मा फोन गर्नुस, अख्तियारले थाल्दैछ अभियान

२०७४ भदौ १

सरकारी कामका लागि पैसा मागे टोल फ्रि नम्बर १०७मा फोन गर्नुस, अख्तियारले थाल्दैछ अभियान
सरकारी कामका लागि पैसा मागे टोल फ्रि नम्बर १०७मा फोन गर्नुस, अख्तियारले थाल्दैछ अभियान

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोल फ्री नं १०७ लाई थप प्रभावकारी बनाउने भएको छ ।
 

आयोगले सेवाग्राहीको बढी चाप हुने कार्यालयमा कसैले काममा ढिलासुस्ती गरी रकमको माग गरेमा तत्काल १०७ नम्बरमा फोन गर्न आग्रह गरिएका सूचनापाटी र स्टिकर टाँस्ने भएको छ । पहिलो चरणमा काठमाडौँ उपत्यकाका मालपोत, यातायात, नापी र  वैदेशिक रोजगार विभागको कार्यालयमा सूचना टाँस्ने आयोगका सचिव राजन खनालले जानकारी दिए। 
 
आयोगले क्रमशः काठमाडौँ उपत्यका बाहिरका जिल्लामा पनि यस्तो अभियान चलाउने छ । धेरै सेवाग्राहीले आयोगको टोल फ्री नम्बर जानकारी नपाएर आयोगका अन्य नम्बर फोन गर्ने गरेको अनुभवका आधारमा सो नम्बर प्रचारप्रसार गर्न लागिएको बताइएको छ।उनले भने, “अन्य नम्बरमा फोन गर्दा पैसा लाग्छ, झन्झटिलो हुन्छ, त्यसैले कुनै गुनासो भए १०७ नम्बरमा निःशुल्क गर्न सकिन्छ ।”
 

Tata
GBIME
Nepal Life