BIZMANDU
www.bizmandu.com

ओप्पोको एफथ्री एफसी बार्सिलोना लिमिटेड एडिसन शनिबारदेखि नेपालमा, मूल्य ३५ हजार रुपैयाँ

२०७४ भदौ १

ओप्पोको एफथ्री एफसी बार्सिलोना लिमिटेड एडिसन शनिबारदेखि नेपालमा, मूल्य ३५ हजार रुपैयाँ
ओप्पोको एफथ्री एफसी बार्सिलोना लिमिटेड एडिसन शनिबारदेखि नेपालमा, मूल्य ३५ हजार रुपैयाँ

काठमाडौ। ओप्पो मोवाइलको नयाँ भर्जन एफथ्री एफसी बार्सिलोना लिमिटेड एडिसन शनिबारदेखि  नेपाली बजारमा आउने भएको छ। आकर्षक लुक सहितको एफसी बार्सिलोनामा सेल्फीको लागि १६ मेघा पिक्सेलको दुर्इ वटा फ्रन्ट क्यामेरा छन।
 

खेलप्रेमी ग्राहकहरुलार्इ लक्षित गर्दै कम्पनीले सामूहिक सेल्फीको लागि वाइड एङगल लेन्सको व्यवस्था गरेको छ। कम्पनीले सार्वजनिक गर्न लागेका फोनमा गोल्ड प्लेटेड व्याण्ड्स र एफसी बार्सिलोना लोगोलार्इ सुहाउने गरी बार्सा रेड लार्इ मूख्य रंगका रुपमा प्रयोग गरेको छ। रातो र सुनौलो रंगको समिश्रणसहित फेशनेवल बनाएको कम्पनीले जनाएको छ। 
 
शनिबारदेखि देशभरका प्रमुख बिक्री केन्द्र मार्फत उपलब्ध हुने नेपालका लागि ओप्पोका प्रमुख कार्यकारी अधिकृत जोनी जीले बताए। नयाँ ब्राण्डले नेपाली खेलप्रेमी तथा फुटबल प्रेमीहरुसँग अझै प्रगाढ सम्बन्ध बनाउने बताउँदै यो ब्राण्डले नेपाली बजारमा विगतमा झै सफलता पाउने विश्वास रहेको उनले बताए।
 
बजार मुल्य ३४ हजार ९ सय ९० रुपैयाँ रहेको मोबाइल फोनमा ड्युल सेल्फी क्यामेरा छ। साथै एफथ्रीमा १३ इन्च सेन्सर र पीडीएएफ प्रविधि सहितको १३ मेघा पिक्सेल क्षमताको रियर क्यामेरा रहेको छ। साथै कलर ओएस ३० मा आधारित एफथ्रीमा ओक्टा कोर प्रोशेसर र ४ जीबी र्याम र ६४ जीबी रोम छ। कम्पनीका अनुसार ब्याट्रीले लगातार १५ घण्टा सम्म काम गर्छ।
 

Tata
GBIME
Nepal Life