BIZMANDU
www.bizmandu.com

अनलाइन सपिङले बनाउँदैछ किनमेल सहज, अब किन्नुहोस् चाहेको सामान माउसको क्लिकमा


काठमाडौं। किनमेलकालागि पसल पसल चाहार्नुपर्ने बाध्यतालार्इ अनलार्इन सपिङ कल्चरले सहज बनाउँदै लगेको छ। अहिले केही सामाग्री  किन्नुपर्यो भने शोरुम वा पसल धाउनु पर्दैन। कम्प्यूटरको माउस चलाएकै भरमा घरमै रोजेको सामान आइपुग्ने सुविधा बिभिन्न अनलार्इन सपिङ साइटहरुले दिएका छन्।

Tata
GBIME
Nepal Life

फ्री अनलाइन क्लासिफाइड  कम्पनी हाम्रो बजार डटकमले बिक्रीकर्ता र उपभोक्ताकालागि सर्वसुलभ वातावरण सिर्जना गरिदिएको छ। उचित मूल्यमा खरिद बिक्री गरिने श्रृंगारिक सामान, अटोमोवाइल, स्वास्थ्य सामाग्री, इलेक्ट्रोनिक्स, घरपालुवा जनावर, बाद्य सामाग्रीमात्र होइन घर जग्गासम्म किनमेल गर्न सकिने हाम्रो बजार डट कमका निर्देशक प्रवल साखःले जानकारी दिए।

दैनिक उपभोग्य सामानहरूलाई प्राथमिकताकासाथ बिक्री गर्दै आएको हाम्रो बजार डटकमले देशभर सेवा दिइरहेको छ।  इ कमर्स क्षेत्रमा थप काम गर्ने योजनासहित बजारमा आएको साखःले बताए।
दराज डट कममा पनि उपभोक्ताले इच्छा अनुसारका सामान किन्न पाउँछन्।  करिब डेढ महिना अघि केमुबाट दराजमा नाम परिवर्तन भएको उक्त अनलाइन सपिङ पोर्टलले स्मार्टफोन, ल्यापटप, घडी, फेसनअनुसारका लुगाहरुका साथै घरायसी सामानहरु बेच्दै आएको छ। 

दराज डट कमका गौरब धामीका अनुसार  सामान डेलिभरी गर्दा काठमाडौंको रिङरोड भित्र ५० रुपैयाँ, रिङरोड बाहिर ८०रुपैयाँ र काठमाडौंबाहिर १२० रुपैयाँ थप शुल्क लाग्छ। 

७० वर्षअघिदेखिको ब्यावसायिक ब्राण्ड मुन्चाले अनलार्इन सपिङ सुरु गरेर देशभित्र र बिदेशमा समेत किनमेलको सहजता दिएको छ।  मुन्चा डट कममार्फत इलेक्ट्रोनिक सामाग्री, लुगाहरु, सजावट सामाग्री तथा चाडपर्व अनुसारका गिफ्ट प्याकहरु किन्न सकिन्छ।

  होम डेलिभरीको सुविधा दिएको मुन्चाले  होम डेलिभरीकालागि थप ७५ रुपैयाँ तिर्नुपर्ने र कुरियर गर्दा एकसय रुपैयाँ थप शुल्क लिने गरेको छ।  
५ वर्षदेखि संचालनमा रहेको अनलाइन किनमेलले ग्राहकको समय र पैसा बचत गर्ने उद्देश्य राखेको व्यवस्थापन निर्देशक अमित आचार्यले बताएका छन् ।

कस्मेटिक लगायत पहिरन घरायसी सामाग्रीहरु, इलेक्ट्रोनिकस उपकरणहरु किन्न मिल्ने साइट अनलार्इन किनमेलले रिङरोडभित्र निशुल्क  होमडेलिभरी दिनेगरेको छ।

कम्पनीका अनुसार रिङरोड बाहिर डेलिभरी दिँदा थप  ५० रुपैयाँ र उपत्यकाबाहिर २०० रुपैयाँ  सम्म थप शुल्क लाग्ने छ।