BIZMANDU
www.bizmandu.com

ओम डेभलपमेन्टलाई ३० प्रतिशत हकप्रदको स्वीकृति, नाफाबाट साढे २३ प्रतिशत बोनस सेयर दिने

२०७४ भदौ १

काठमाडौं। ओम डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको ३० प्रतिशतका दरले हकप्रद सेयर जारि गर्न नेपाल धितोपत्र वोर्डबाट स्वीकृति पाएको छ।
 
बैंकले १० बराबर ३ का दरले हकप्रद सेयर निस्कासन अनुमति माग गरेको थियो। बैंकको चुक्ता पूँजी एक अर्ब ६४ करोड रुपैयाँ छ। 
 
यसको ३० प्रतिशत अर्थात ४ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर जारि गर्न लागेको हो। सेयर जारिपछि पूँजी दुई अर्ब १३ करोड पुग्छ। बाँकी पूँजी गत बर्षको नाफाबाट साढे २३ प्रतिशत बोनस सेयर दिएर पुर्याउने बैंकले जनाएको छ। 
 
गत बर्ष बैंकले ४३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैकसँग १६ अर्ब निक्षेप र १४ करोड कर्जा लगानी छ। बैंकले चाँडै १२ वटा शाखा खोल्ने तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताए। 

Tata
GBIME
Nepal Life