फाउण्डेसनका छुट्टाछुट्टै टोली सुनसरी, सप्तरी, चितवन,नवलपरासी र बर्दियामा बाढीबाट धेरै प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेका हुन्। चौधरी ग्रुपद्वारा उत्पादित वाईवाई चाउचाउ,वाईवाई भुजिया, रियो जुस र रियो पानी वितरण गरिएको फाउण्डेसनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। फाउण्डेसनले मंगलबार सप्तरी जिल्लाका बाढीबाट प्रभावित कदमाहा र जोगिनियामा पुगि राहतवितरण गरेको छ ।बुधबार सुनसरीको देवानगञ्ज र हरिनगर लगायत गाउँमा राहत वितरण गरिएको फाउण्डेसनले जनायो।
फाउण्डेसनले चितवनको दक्षिणी भेग मेघौलीको सुकुम्बासी वस्तीमा पनि राहत वितरण गरेको छ ।नवलपरासीको सरावल गाउँपालिकाको भुजवागाउँमा राहत वितरणका लागि टोली गइसकेको फाउण्डेसनले जनायो।फाउण्डेसनले बर्दियामा प्रमुख जिल्ला अधिकारी बिष्णु थापालाई एक हजार प्याकेट राहत सामाग्री हस्तान्तरण गरेको छ।