काठमाण्डौं । बैंक र बीमा उपसुचकमा वृद्धि हुँदा बुधबार शेयर बजार बढेको छ। सूचक बढेपनि कारोबार रकम अघिल्ला साताको तुलनामा घटेको छ।
स्टक एक्सचेन्जको कारोबार मापक सूचक ३.५० अंकले बढेर १६३२.६६ अंकमा उक्लिएको हो। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९३ अंकले बढेर ३४२.८५ अंकमा उक्लिएको छ।
बुधबार १६२९ अंकबाट सुरु भएको बजार सुरुवाती आधा घण्टा चार अंकले घटेको थियो। आधा घण्टा पछी फर्किएको बजार १६४३ अंकसम्म उक्लिएको थियो। साढे १२ बजे आजको सबैभन्दा बढी उचाई छोएर बजार पुनः ओर्लियो।
बुधबार १५८ कम्पनीका १६ लाख ४२ हजार कित्ता शेयर ७० करोड रुपैयाँमा खरिद बिक्रि भएको छ। कारोबार रकमको आधारमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सबैभन्दा धेरै किनबेच भएको छ। इन्स्योरेन्सको तीन करोड ४६ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको हो।
बुधबार बैंक २.९६, होटल ७.५५, विकास बैंक ३.२, बीमा ७५.७८ र अन्य २.०३ उपसूचक अंकले बढेका छन्। जलबिद्युत ८.५५, फाइनान्स ३.०१ र उत्पादनमुलक समूह ५३.१५ अंकले घटेका छन्।
आज हाम्रो विकास बैंकका शेयरधनीले सबैभन्दा बढी करिब ६ प्रतिशत कमाएका छन्। हिमालयन डिस्टिलरीका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन्।