BIZMANDU
www.bizmandu.com

बाढी पीडितका लागि व्यावसायिक संगठनको सहयोग जारी, चेम्बरले एक करोड सहयोगको घोषणा

२०७४ साउन ३१

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्शले बाढीपीडितलाई  एक करोड एक लाख नगद एवं जिन्सी सहयोग गर्ने भएको छ  । 
 
चेम्बरको आज कान्तिपथमा बसको बैठकले देशका विभिन्न भू–भागमा आएको अविरल वर्षापछि आएको भीषण बाढी पहिरोबाट पीडितलाई उक्त राहत प्रदान गर्ने निर्णय गरेको हो । चेम्बरले प्राकृतिक प्रकोपका पीडितलाई राहत पुर्याउन उपाध्यक्ष राजेन्द्र मल्लको संयोजकमा २३ सदस्यीय समिति गठन गरेको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 
 
साथै, चेम्बरले बाढीपीडितलाई सहयोग गर्ने इच्छुक दातालाई ग्लोबल आइएमई बैंक लिमिटेड कान्तिपथको खाता नं  ०१०१०१०००६१२३ मा रकम जम्मा गर्न सक्ने व्यवस्थासमेत मिलाएको छ । 
 

Tata
GBIME
Nepal Life