नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा ६५ प्रतिशतसम्म ऋण दिने व्यवस्था अनुसार निर्देशिका जारी भएपछि ३५ प्रतिशत मात्रै डाउन पेमेन्ट तिरेर गाडी किन्न पाइने भएको हो।यो व्यवस्थापछि प्यासेन्जर भेहिकलको व्यापार बढ्नेछ।राष्ट्र बैंकले मौद्रिक नीति जारी भएको झण्डै चालिस दिनपछि निर्देशिका जारी गरेको हो।यो निर्देशिका जारीपछि बैंक तथा वित्तिय संस्थाले ऋण प्रवाह गर्नेछन्।
नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनका अनुसार मौद्रिक नीतिमा व्यवस्था भए अनुसार निर्देशिका नआउँदा व्यापार थप ठप्प भएको थियो।एशोसिएसनका अनुसार गाडी किन्न शोरुमा जाने ग्राहक पनि ५० प्रतिशत मात्रै ऋणका कारण फर्किएर जाने गरेका थिए।एशोसिएसनका अनुसार नयाँ व्यवस्थासँगै निजी सवारी साधनको बिक्री बढ्नेछ।