BIZMANDU
www.bizmandu.com

सौराहामा पानीको सतह घटेपछि सुरु भयो सरसफार्इ, रिभरसाइडका रेष्टुरेन्टमा सबैभन्दा बढी क्षति

२०७४ साउन ३०

चितवन। चितवनको पर्यटकीय नगरी सौराहा क्षेत्रमा पानी पर्न छाडेका कारण डुवान परेको क्षेत्रमा सरसफाई सुरु गरिएको छ ।

Tata
GBIME
Nepal Life


सौराहामा रहेको चितवन भिलेज रिर्सोट सरसफार्इ गर्दै

बाढी कारण हालसम्म करोडौँ  रुपैया बढी क्षती भएको हुने सक्ने क्षेत्रीय होटल संघले जनाएको छ ।संघका अध्यक्ष सुमन घिमिरेले सौराहामा पानीको सतह घटेपछि सरसफार्इ गर्ने काम सुरु भएको बताउँदै क्षतीको आंकलन तत्कालै भन्न नसकिने बताए।उनका बाढीले खाद्यान्नदेखि विभिन्न सामान काम नलाग्ने भएका छन्।

 
डुवान घटेपछि यतिवेला सौराहा क्षेत्र उजाड देखिएको छ।बाढी कारण रिभर साईडमा सञ्चालित रेष्टुरेन्ट पूर्ण रुपमा क्षति भएका छन् । बाढीबाट बलराम दाहाल, दीपेन्द्र खतिवडा, कृष्ण खतिवडा, राजकुमार श्रेष्ठ, घनश्याम चौधरी वासुदेव ढुंगाना लगायतको रेष्टुरेन्ट पूर्ण रुपमा क्षति भएको रेवान सौराहाका अध्यक्ष गोर्कण गिरीले बताए ।