BIZMANDU
www.bizmandu.com

बाढीले वारा पर्सा औद्योगिक कोरिडरका उद्योगमा क्षति, कच्चा पदार्थदेखि उत्पादित सामान नष्ट

२०७४ साउन ३०

वीरगञ्ज।अविरल वर्षासँगै आएको बाढीले वारा पर्सा औद्योगिक कोरिडरमा करोडौंको क्षति भएको छ।
 

Tata
GBIME
Nepal Life

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले उद्योगभित्र पानी छिरेर कच्चा पदार्थ र उत्पादन भएका सामानमा क्षति भएको बताए।उनका अनुसार वीरगञ्जका विभिन्न क्षेत्रमा राखिएको सामान पानी पसेर काम नलाग्ने भएका छन्।

वर्षाका कारण भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताउँदै शर्माले केही उद्योगका प्लान्टमा समेत पानी पसेकोले क्षति धेरै हुनसक्ने बताए।बारा परवानीपुरमा रहेको निम्बस प्रोवायोटेकमा पानी पसेर दाल,मकै,तोरी लगायतका सामान नष्ट भएको उद्योगका प्रशासकीय अधिकृत ओमप्रकाश बैठाले बताए।