BIZMANDU
www.bizmandu.com

नेतृत्वदायी सीप र सार्वजनिक मन्तब्य कसरी दिने? टोस्टमास्टर्स क्लबले यसरी गर्दैछ काम

२०७४ साउन ३०

नेतृत्वदायी सीप र सार्वजनिक मन्तब्य कसरी दिने? टोस्टमास्टर्स क्लबले यसरी गर्दैछ काम
नेतृत्वदायी सीप र सार्वजनिक मन्तब्य कसरी दिने? टोस्टमास्टर्स क्लबले यसरी गर्दैछ काम

काठमाडौं।नेपालका आठ टोस्टमास्टर्स क्लबहरु शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको क्लब अफिसर तालिममा सहभागी भएका छन्।

Tata
GBIME
Nepal Life


पहिलो डिस्ट्रिक्ट स्पोन्सर्ड तालिम कार्यक्रमको अध्यक्षता  डिस्ट्रिक्ट डाइरेक्टर पल्लव बर्माले गरेका थिए । अहिले करिब ३ सय ५० सदस्यहरु ८ वटा टोस्टमास्टर्स क्लबमा आवद्ध छन्।  यो क्लबले नियमित रुपमा सार्वजनिक वक्तव्यको अभ्यास नियमित गर्दै आएका छन्।टोस्टमास्टर्स क्लब इन नेपाल विश्वभर १ सय ४२ मुलुकमा रहेका १५ हजार ९ सय टोस्टमास्टर्स क्लबहरुको अंगको रुपमा रहेको छ ।

टोस्टमास्टर्स इन्टरनेशनल संचार तथा नेतृत्वदायी विकासको क्षेत्रमा विश्वको प्रमुख संस्था हो । यस संगठनसँग नेपालको जस्तै ३ लाख ४५ हजार भन्दा बढि सदस्यता रहेका छन् । यो क्लबको उदेश्य सदस्यहरुको नेतृत्वदायी सीप र सार्वजनिक मन्तव्यको विकास गर्नु हो ।कार्यक्रममा सिनियर टोस्टमास्टर्स  सुमन शाक्य र रन्जीत आचार्यले पुराना तथा नयाँ सदस्यहरुलाई सहजता प्रदान गर्दै अफिसरहरुको कर्तव्यहरु, क्लबको सुमधुर कार्यसंचालन लगायतका बारेमा जानकारी दिए।