फाइल तस्विर
कालिमाटी तरकारी बजारमा आइतबार विहान साढे दुर्इ सय टन मात्रै तरकारी आएको छ।सामान्य समयमा सात सय टन तरकारी कालिमाटी तरकारी बजारमा आउँछ।कालिमाटी तरकारी बजार समितिका प्रवक्ता विनय श्रेष्ठका अनुसार आइतबार तरकारी आपूर्ति कम भएपनि छिमेकी जिल्लामा बाढीले खासै प्रभाव नपरेकोले अभाव हुँदैन।
धादिङ,काभ्रे,भक्तपुर लगायतका आसपासका जिल्लाबाट बढी तरकारी आउँछन्।यी क्षेत्रमा बाढी र पहिरोले खासै प्रभाव पारेको छैन।काठमाडौंमा खपत हुने तरकारीको ठूलो हिस्सा छिमेकी जिल्लाहरुबाटै आउने भएकाले तरकारीको अभाव नहुने श्रेष्ठको दाबी छ।आलु र प्याजमा भने भारत निर्भर छ।प्याज र आलु भारतबाट धेरै आयात हुने भएकोले केही समस्या हुन्छ।