BIZMANDU
www.bizmandu.com

नेपेक्सले नाफा ६ प्रतिशतले वढायो, ओम फाइनान्स ६ करोड नाफामा

२०६९ साउन ७

काठमाडौं । नेपाल एक्सप्रेस फाइनान्स (नेपेक्स) ले गत आर्थिक वर्ष एक करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा नाफा छ प्रतिशतले वढेको हो । कम्पनीले अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै संभावित नोक्सानी व्यवस्था वापतको रकम १९ लाख २९ हजारबाट घटाएर एक लाख ८९ हजारमा झारेको  छ ।
कम्पनीले अघिल्लो वर्ष ऋण नउठेपछि नोक्सानी व्यवस्थामा राखेको रकममध्ये ऋण उठेपछि यसपटक १२ लाख रुपैयाँ नाफामा जोड्न पाएको छ । कम्पनीको खुद व्याज आम्दानी भने चार लाख ६० हजारले घटेर तीन करोड ७३ लाख रुपैयाँमा सीमित भएको छ ।
नेपेक्सले निक्षेप २२ प्रतिशतले वढाएर ६५ करोड रुपैयाँ पु¥याएको छ । ऋण लगानी पनि १ करोड ८७ लाखले वढाएर ४८ करोड ४७ लाख रुपैयाँ पु¥याएको विवरण सार्वजनिक गरेको  छ ।
यसैगरी ओम फाइनान्सले गत आर्थिक वर्ष ६ करोड खुद नाफा कमाएको छ । अघिल्लो वर्ष फाइनान्सको नाफा ४ करोड रुपैयाँ मात्र थियो । फाइनान्सले निक्षेप एक वर्षमा ४९.२५ प्रतिशतले वढाएर ३ अर्ब २२ करोड रुपैयाँ पु¥याएको छ ।
ऋण लगानी पनि २८.९९ प्रतिशतले वढेर २ अर्ब ५२ करोड रुपैयाँ पु¥याएको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी भने १७.८८ प्रतिशतले वढेको छ । गत आर्थिक वर्ष खुद व्याज आम्दानी १२ करोड ११ लाख रुपैयाँ भएको फाइनान्सले जनाएको छ ।

Tata
GBIME
Nepal Life