BIZMANDU
www.bizmandu.com

वर्षाले राजधानी जोड्ने सबै सडक प्रभावित ,पहिरोले मुग्लिन,विपीदेखि पृथ्वी राजमार्गसम्म ठप्प

२०७४ साउन २९

वर्षाले राजधानी जोड्ने सबै सडक प्रभावित ,पहिरोले मुग्लिन,विपीदेखि पृथ्वी राजमार्गसम्म ठप्प
वर्षाले राजधानी जोड्ने सबै सडक प्रभावित ,पहिरोले मुग्लिन,विपीदेखि पृथ्वी राजमार्गसम्म ठप्प

काठमाडौ।शुक्रबारदेखिको लगातार बर्षाका कारण विभिन्न ठाउँका राजमार्गहरु अवरुद्ध भएका छन्।

Tata
GBIME
Nepal Life


काठमाडौको लाइफलाइनको रुपमा रहेको नारायणगढ-मुग्लिन सडक खण्डमा विभिन्न ठाउँमा गएको पहिरोले यातायात ठप्प भएको छ।मुग्लिनको नौकिलो,चारकिलो,सेतीदोभान,काली खोला,भोर्ले लगायतका स्थानमा पहिरो गएको छ। पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छ्याउन समस्या भएको आयोजना प्रमुख चन्द्रनारायण यादवले  बताए। शनिबारदेखिनै यो बाटो अवरुद्ध छ।
 
सडक विभागका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषा र महोत्तरीलाइ जोड्ने रातोपुल भासिएका कारण यातायात ठप्प भएको छ।तत्कालका लागि वैकल्पिक उपाय खोज्न लागिएको विभागले जनाएको छ।सवारीसाधन सञ्चालनमा आउन नसक्दा राजधानी सहित देशका विभिन्न ठाँउ जाने रात्रीकालीन बस सेवा हजार भन्दा बढी अलपत्र बनेका छन्।

सडक विभागका अनुसार पृथ्वी राजमार्गको आबुँखैरेनीमा आएको पहिरोका कारण यातायात अवरुद्ध बनेको छ। विभागका उपमहानिर्देशक दयाकान्त झाका अनुसार राजमार्गको विभिन्न स्थानमा पहिरो सहित रुख खसेकाले यातायात अवरुद्ध भएको हो । उनका अनुसार पहिरो पन्छाउने काम धमाधम भैरहेको छ।
 

विपी राजमार्गको पनि विभिन्न ठाँउमा पहिरो जादा राजमार्ग अवरुद्ध बनेको छ।विभागका अनुसार हेटौडाबाट वीरगञ्ज  तथा  पूर्व  जाने सबै गाडीहरु त्रिभुवन राजपथको चुरियामार्इमा पहिरो गएकोले रोकिएका छन्।झापा,मोरङ,सुनसरी,सिराहा,रौतहट,सर्लाही,सिन्धुली,दाङ,बाँके लागायतका जिल्लाका विभिन्न ठाँउमा बाढी र पहिरोले क्षति पुर्याएको छ।पूर्वी तरार्इका जिल्लाका विभिन्न सडक मार्ग तथा पुलहरु भत्किएका छन्। भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सम्बन्धीत निकायलाइ राजमार्ग जतिसक्दो खुलाउन निर्देशन दिएको छ।