खेतीयोग्य जमीन प्लटिङ गरेर बिक्री गर्ने क्रम बढेपछि सरकारले रोक लगाएको हो।पछिल्लो समयमा काठमाडौं लगायतका विभिन्न शहरमा खेतीयोग्य जमीन प्लटिङ गर्ने क्रम बढेपछि सरकारले रोक लगाएको हो।खेतीयोग्य जमीन प्लटिङ रोक्ननै एउटा जग्गा वर्षमा एक पटक मात्र कित्ता काट् गर्न पाउने व्यवस्था गरेको हो।
यो व्यवस्थाले खेतीयोग्य जग्गा प्लटिङ गरेर बिक्री गर्ने क्रम रोकिने भूमिसुधार मन्त्रालयको अनुमान छ।भूमिसुधार सचिव कृष्ण देवकोटाले वर्षमा एक पटक मात्रै जग्गाको कित्ता काट् गर्न पाउने व्यवस्था गरेको जानकारी दिए।उनका अनुसार प्रयोजनलाई खुकुलो बनाउन वर्षमा एक पटकमा एउटा कित्ता मात्रै काटेर बेच्न दिने निर्णय गरिएको हो।