BIZMANDU
www.bizmandu.com

फिला ब्राण्डको आउटलेट दरबारमार्गमा खुल्यो, १२ हजारको सामान किन्दा ५ हजारको गिफ्ट

२०७४ साउन २६

काठमाडौं । इटालियन स्पोर्ट्स वेयर ब्राण्ड फिलाको नेपालमा अफिसियल आउटलेट लन्च भएको छ। विगत १७ वर्षदेखि फुटवेयर ब्राण्डको प्रवर्द्धन गरिरहेको स्पोर्ट्स प्लाजा प्रालीले बिहीबार दरबारमार्गमा फिला ब्राण्डलाई भित्राएको हो।

Tata
GBIME
Nepal Life

नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर तथा थ्री स्टार क्लबका कप्तान विक्रम लामाले रिवन काटेर फिला ब्राण्डको उद्घाटन गरे। अफिसियल लन्चको अवसरमा फिलाले १२ हजार बराबरको सामना किन्दा ५ हजारको आकर्षक गिफ्ट ह्याम्परको व्यबस्था गरेको छ।

फिलाको सन् १९७० मा इटलीमा सुरुवात भएको हो। टेनिस खेलाडी बोजान बर्गले पहिलो पटक यस ब्राण्डको प्रयोग गरेका थिए।