BIZMANDU
www.bizmandu.com

काठमाडौ महानगरपालिकाको बजेट सार्वजनिक, १२ अर्व ८७ करोडमा गाडी किन्न ७ करोड, तलवभत्तामा ८० करोड

२०७४ साउन २२

काठमाडौ। काठमाडौ महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि कुल १२ अर्व ८७ करोड रूपैया बजेट छुट्रयाएको छ। जसमा गाडी खरिद शिर्षकमा ७ करोड रूपैया विनियोजन गरेको छ। 
 
त्यसैगरि महानगरपालिकाका नवनिर्वाचित प्रतिनिधीलाइ तलवभत्ता, ड्रेस लगाएतका लागि झण्डै छ करोड रुपैयाँ छुट्याएको छ। तलव र भत्ता सुविधाका लागि दुइ करोड १५ लाख छ भने परिवहन र विविधमा तीन करोड, टेलिफोन सुविधाका लागि १५ लाख, जनप्रतिनिधिको स्वास्थ्य उपचारका लागि २० लाख रूपैया विनियोजन गरेको छ।
 
यो बर्ष महानगरले महानगरका कर्मचारीकाे तलव सुविधाका लागि मात्र ८० करोड विनियोजन गरेको छ। त्यसै गरि भौतिक पुर्वाधार विकासका लागि ८ अर्व ९८ करोड रूपैया विनियोजन गरेको बजेटमा उल्लेख छ। 
 
वडालाइ बजेट कति?
 
महानगरले वडालाइ ठुला,मझौला र साना गरि तीन भागमा विभाजन गरेर बजेट छुट्रयाएको छ।  १५ वटा वडालाइ ठुलामा,१० वटा वडालाइ मझौला र ७ वटा वडालाइ सानोमा राखि भिन्दा भिन्दै बजेट विनियोजन गरेको छ।
 
ठुलोमा १,३,४,६,७,९,१०,११,१३,१४,१५,१६,२६,३१,३२ परेका छन्। जसले २ करोड ३३ लाख बजेट पाएका छन्। त्यसैगरि मझौलामा२,५,८,१७,२२,२४,२५,२८,२९,३० परेका छन्।जसले १करोड ५६ लाख बजेट पाएका छन्। सानो वडामा१२,१८,१९,२०,२१,२३,२७ परेका छन् जसले १ करोड ११ लाख बजेट पाएका छन्। 

Tata
GBIME