BIZMANDU
www.bizmandu.com

र्इजी मोबाइलले ल्यायो अनलाइन खरिदको सुविधा, किस्ताबन्दीमा समेत मोबाइल किन्न सकिने

२०७४ साउन २०

काठमाडौं। मोबाइलका सबै सुविधा एकै स्थानबाट दिन मिल्ने गरि र्इजी मोबाइल केयरले सेवा सुरु गरेको छ। र्इजी मोबाइल केयरले अनलाइन सेवाको साथै डाउन पेमेन्टबाट मोबाइल किन्न पाउने सुविधा दिएको हो।बिहीबार राजधानीको सिटिसी मलमा कलाकार राजेश हमालले र्इजी मोवाइल केयरको उद्घाटन गरेका हुन्।

Tata
GBIME
Nepal Life

कम्पनीले ५० हजारभन्दा कम मूल्यको लागि २० प्रतिशत तथा ५० हजारभन्दा माथिको लागि ३० प्रतिशत डाउन पेमेन्ट गरे पुग्ने सुविधा दिएको छ। यसको लागि शून्य प्रतिशत ब्याजदरमा ग्राहकले ३, ६ र ९ महिनाको किस्ताबन्दीमा रकम भुक्तानी गर्न सक्ने कम्पनीले जारी गरेको प्रेस बिज्ञप्तीमा जनाइएको छ।

५० हजारभन्दा माथिको स्मार्ट फोन किन्दा अर्को स्मार्ट फोन उपहार स्वरुप प्राप्त गर्ने कम्पनीले जनाएको छ। साथै ५ हजार देखि ५० हजार भन्दा कम मूल्यको फोन किन्दा अर्को फोन निःशुल्क पाउने कम्पनीले जनाएको छ । ग्राहकले तोकिएको बैंकमा खाता खोली बैंकबाट प्राप्त हुने क्रेडिट कार्ड मार्फत र्इजी मोबाइल केयरमा सिधै मोबाइल किन्न सक्ने पनि बिज्ञप्तीमा उल्लेख छ।

कम्पनीले साविक दिँदै आएको एक बर्षे वारेन्टिमा थप एक बर्षको वारेन्टी सुविधा थप गरेको छ। चक्रपथभित्र कुनै पनि स्थानमा डेलिभरी तथा मर्मत सेवा दिने पनि कम्पनीले जानकारी दिएको छ।