BIZMANDU
www.bizmandu.com

प्रहरी अधिकारीलाई सम्पति सुद्धीकरण र एन्टीफ्रड बारे सीप दिलाउन प्रहरी र एनबिआइबीच साझेदारी

२०७४ साउन १३

प्रहरी अधिकारीलाई सम्पति सुद्धीकरण र एन्टीफ्रड बारे सीप दिलाउन प्रहरी र एनबिआइबीच साझेदारी
प्रहरी अधिकारीलाई सम्पति सुद्धीकरण र एन्टीफ्रड बारे सीप दिलाउन प्रहरी र एनबिआइबीच साझेदारी

काठमाडौं। नेपाल प्रहरी र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) बीच क्षमता अभिबृद्धि र रणनीतिक सहकार्य गर्ने बारे समझदारी भएको छ। समझदारीपत्रमा एनबिआइका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बा र नेपाल प्रहरीका प्रमुख प्रकाश अर्यालले हस्ताक्षर गरेका छन्।


 
समझदारी अनुसार, प्रहरीले छनौट गरेर पठाएका अनुसन्धानमा संलग्न कर्मचारी तथा अन्य अधिकारीलाई अन्तर्राष्ट्रिय चासोका बिषयहरु मध्येको सम्पति सुद्धीकरण तथा एन्टीफ्रड सर्टिफिकेसन कोर्षको तालिमका साथै कार्यशाला तथा गोष्ठीमा एनबिआइले सहभागी गराउने छ।
 
हस्ताक्षर कार्यक्रममा सुब्बाले एनबिआइको उद्देश्यका बारेमा प्रष्ट पारे। अर्यालले दुई संगठनबीचको साझेदारीले वित्तीय क्षेत्रसँग सम्बन्धित अपराध अनुसन्धानमा संलग्नहरुलाई उपयुक्त ज्ञान सीप मिल्ने बताए। 

Tata
GBIME
Nepal Life