BIZMANDU
www.bizmandu.com

एनआईसी एशिया बैंक २० बर्षमा, ‘१०० रुपैयाँको शेयर लगानी गर्नेले ३४९० रुपैयाँ नाफा कमाए’

२०७४ साउन १२

काठमाडौं । एनआईसी एसिया बैंकका अध्यक्ष जगदिश अग्रवालले आफ्नो बैंकमा १०० रुपैयाँ शेयर लगानी गर्नेले ३४ सय ९० रुपैयाँ नाफा कमाएको बताएका छन्। बैंक २० औँ बर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष अग्रवालले १९ कर्मचारी, १ शाखा र करिब आठ करोड रुपैयाँ चुक्ता पूँजी सहित क्षेत्रिय स्तरको वाणिज्य बैंकको रुपमा स्थापित बैंकले ऐतिहासिक छलाङ मारेको जानकारी दिएका हुन्।

Tata
GBIME
Nepal Life


 

आइएसओ ९००१ : २००८ प्रमाणपत्र पाउने एनआईसी एशिया एक मात्र बैंक रहेको एवं अन्तर्राष्ट्रिय स्तरको ख्याति प्राप्त बैंक अफ द इयर अवार्ड सन् २००७ र २०१३ मा प्राप्त गरेको समेत उनले स्मरण गरे। उनले अहिले  बैंकले १२५ भन्दा बढि शाखा तथा एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेको, बैंकका निक्षेप ग्राहक पाँच लाख ५० हजार, कर्जा ग्राहक २५ हजार भन्दा वढि रहेको समेत जानकारी दिए।
 
कार्यक्रममा बोल्दै बैंकका ब्राण्ड एम्बेसेडर मनिषा कोइरालाले ग्राहक मैत्री सेवा, रणनीति र वित्तिय समावेसी सोचबाट आफुलाई बैंकप्रति आत्मियता महसुस भएको बताइन्।
 
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले सन् २०२० सम्ममा शाखा सञ्जाल ३०० र एटिएम संख्या १००० पुर्याइ मुलुककै उत्कृष्ठ बैंक बन्ने योजना सुनाए।