BIZMANDU
www.bizmandu.com

महालक्ष्मी विकास बैंकको नाफा एक अर्ब १० करोड, चुक्ता पूँजी दुई अर्ब ६३ करोड नाघ्यो

२०७४ साउन १२

काठमाडौं। महालक्ष्मी विकास बैंकले गत आर्थिक बर्ष एक अर्ब १० करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ। यति डेभलपमेन्ट बैंक र महालक्ष्मीबीच मर्जर भएपछि प्रकाशित वित्तीय विवरण अनुसार निक्षेप २५ अर्ब १३ करोड रुपैयाँ नाघेको छ।
 
बैंकले २० अर्ब ७२ करोड कर्जा लगानी गरेको छ। बैंकको देशभर ६५ शाखा छन्। कुल ग्राहक संख्या तीन लाख ६५ हजार रहेको बैंकले जनाएको छ। बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड रुपैयाँ छ। 

Tata
GBIME
Nepal Life