BIZMANDU
www.bizmandu.com

बृहतर धान उत्पादन कार्यक्रमले पर्सामा धान उत्पादन दोब्बर, किसानलार्इ बीमाको ब्यवस्थाले राहत

२०७४ साउन ११

वीरगञ्ज। गत आर्थिक वर्षदेखि पर्सामा वृहतर धान उत्पादन कार्यक्रम लागु भएपछि किसानहरुको उत्पादन दुई गुणाले बढेको छ ।पहिले कठ्ठामा एक क्विन्टल उत्पादन हुनेमा हाल प्रतिकठ्ठा दुई क्विन्टल उत्पादन हुन थालेको कृषक समुहले बताएको छ ।
नमुना धान ब्लक कार्यक्रम सञ्चालन भएको पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ सखुवनियाको कृषक समुहले धानको उत्पादन दुई गुणाले बढेको बताएको हो ।

Tata
GBIME
Nepal Life

कार्यक्रम सञ्चालनपछि अन्य किसान पनि बृहतर धान उत्पादन कार्यक्रमले निर्दिष्ट गरेको विधिबाट धान रोप्न  आकर्षित भएको सागरमाथा कृषक समुहका अध्यक्ष राजेशप्रसाद महतोले बताए ।

सगरमाथा कृषक समुहमा २५ जना किसानहरु रहेका छन् ।उनीहरुले १९ विघा ४ कठामा हर्दिनाथ–१ जातको चैते धान लगाएका थिए ।अहिले दोस्रो बालीको रुपमा सोना मन्सुली लगाएका छन् ।

 समान दुरी र लाइनमा अर्थात ‘एसआरआई’ प्रविधिमा अधारित खेती गरिएकोले धानको उत्पादन बढेको अर्की किसान संगीता उप्रेतीले बताइन् । संगीताका अनुसार ६ कठ्ठामा उनले १२ क्विन्टल धान उत्पादन भएको सुनाइन् ।कार्यक्रम लागु भएपछि समुहले ५० हजार अनुदान पनि प्राप्त गर्न सफल भएको छ ।

समुहले धानको वीउमा ५० प्रतिशत अनुदान प्राप्त गर्दै आधुनिक धान रोपाई प्रविधि एसआरआई अंगालेको हो ।यस कार्यक्रम अन्तर्गत कुनै किसानले प्रति हेक्टरको धान बाली एक बाली अवधीको लागि एक लाख ६ हजारको विमाक रकमको कृषि विमा गरी १३ सय २५ रुपिया विमा शुल्क बुझायो भने जिल्ला कृषि विकास कार्यालय पर्साले प्रोत्साहन स्वरुप त्यो किसान वा समुहलाई  ५ हजार अनुदान दिने गरेको व्यवस्था छ ।

 यदि बाली सप्रेन वा नष्ट भयो भने नष्ट भएको बालीको कृषि प्राविधिकले गरेको लागत इष्टिमेटको ९० प्रतिशत क्षतिपूर्ती बीमा कम्पनीबाट पाउने प्रावधान छ ।कार्यक्रम अन्तर्गत बीमाको व्यवस्था पनि भएकोले किसानहरु लाभान्वित हुन थालेको जिल्ला कृषि विकास कार्यालय पर्साका प्रमुख वीरेन्द्र सिन्हाले बताए ।