BIZMANDU
www.bizmandu.com

प्रभु समूहले सुरु गर्यो शैक्षिक संस्थाका लागि उपयोगी र्इ शिक्षा पोर्टल, पोर्टलबाट पाइन्छ यस्तो

२०७४ साउन ११

प्रभु समूहले सुरु गर्यो शैक्षिक संस्थाका लागि उपयोगी र्इ शिक्षा पोर्टल,  पोर्टलबाट पाइन्छ यस्तो
प्रभु समूहले सुरु गर्यो शैक्षिक संस्थाका लागि उपयोगी र्इ शिक्षा पोर्टल, पोर्टलबाट पाइन्छ यस्तो

काठमाडौं। शैक्षिक संस्थाहरुलाई अत्यन्तै उपयोगी ई शिक्षा पोर्टल सुरु भएको छ।प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले यो पोर्टलको शुभारम्भ गरे।
 
शैक्षिक संस्थाहरुलाई प्रशासनिक, आर्थिक, शैक्षिक तथा अन्य ब्यवस्थापकिय कार्यहरुलाई ई शिक्षा पोर्टल फलदायी हुने विश्वास लिइएको छ । यो पोर्टलमा भारतस्थित शिक्षा कम्पनीले निर्माण गरी ५०० भन्दा बढी भारतीय शैक्षिक संस्थाहरुले प्रयोग गर्दै आईरहेको छ।प्रभु समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्य अघि बढाएको हो।
 
 पोर्टलमा कागज रहित संरचनाको विकास गरी सम्पुर्ण स्कुल तथा कलेजलाई आधुनीकिकरण गरिएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। विद्यार्थी, यातायात, पुस्तकालय, होमवर्क, वित्तिय विवरण, हाजिरी, परिक्षा, परामर्श, बिज्ञापन, अनलाइन जाँच, लगायतका सुविधा पोर्टलमा हुनेछ।कम्पनीका अनुसार यो वाहेक चौविसै घण्टा तथा सातैदिन प्रभुको संजालबाट शुल्क संकलन, ई बैकिङ एवं रुपैया कार्ड बाट तिर्न मिल्ने एवं अभिभावकले यसबारे घरैबाट अनुगमन गर्न सकिने कम्पनीले जनायो। 
 

Tata
GBIME
Nepal Life