BIZMANDU
www.bizmandu.com

ठगी गर्ने चार हजारभन्दा बढी ब्यापारी कारवाहीमा, ढकतराजु बिगार्नेदेखि दूधदही बेच्दा समेत ठगी

२०७४ साउन ११

काठमाडौँ। नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले एक वर्षको अवधिमा नापतौल र पेट्रोलियम पदार्थमा ठगी गरेको आरोपमा चार हजार २२९ व्यापारीलाई कारबाही गरेको छ ।

Tata
GBIME
Nepal Life

आर्थिक वर्ष २०७३\७४ मा कार्यालयले दूध तथा दहीमा ठगी गर्ने, समयमा अनुमतिपत्र नलिने, ढकको ठाउँमा ढुंगा पत्थर प्रयोग गर्ने, ढकतराजु समयमा जाँच नगर्नेलगायत शीर्षकमा ती व्यापारीलाई कारबाही गरेको हो ।

कार्यालयका प्रमुख शशीभुषणकुमार यादवले कारबाहीमा परेका व्यापारीमध्ये २२ जनाविरुद्ध अदालतमा मुद्दा चलाइएको जानकारी दिए। कार्यालयले नयाँ व्यापारीलाई अनुमति प्रदान, पुरानाको नवीकरण र ठगीको आरोपमा कारबाहीमा परेका व्यापारीसँग  एक करोड १७ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७२\७३ मा सो कार्यालयले  ८३ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

गत आर्थिक वर्षमा चार हजार ९४४ जनाले नापतौल जाँच र दुई हजार ४२६ जनाले नापतौल तथा नाप्ने तौलने यन्त्र अनुमतिपत्र लिएका थिए भने ६८ जना व्यापारीले इजाजतपत्र लिएका कार्यालयले जनाएको छ ।