BIZMANDU
www.bizmandu.com

नेपाल लाइफ इन्स्योरेन्स झापाको गौरादह पनि पुग्यो, यही वर्ष ७५वटै जिल्लामा पुग्ने

२०७४ साउन १०

नेपाल लाइफ इन्स्योरेन्स झापाको गौरादह पनि पुग्यो, यही वर्ष ७५वटै जिल्लामा पुग्ने
नेपाल लाइफ इन्स्योरेन्स झापाको गौरादह पनि पुग्यो, यही वर्ष ७५वटै जिल्लामा पुग्ने

काठमाडौं।नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले झापाको गौरादहमा उपशाखा कार्यालय संचालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

उपशाखाको बीमा समितिका निमित कार्यकारी निर्देशक श्रीमान कार्कीले मंगलबार उद्घाटन गरे।उनले उपशाखा कार्यालयको स्थापनाबाट स्थानीयस्तरका बीमितले सेवा पाउने र बिमा बजारको विकासमा सघाउ पुग्ने बताए।उनले बीमा बजारको विकासका लागि जनचेतनामूलक कार्यक्रम संचालन आवश्यक रहेको बताउँदै कृषि बीमामा अनुदानको समेत व्यवस्था गरेकोले त्यसतर्फ केन्द्रीत हुन आग्रह गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बीमाको पहुँच आम जनतासम्म पुर्याउने उदेश्यले शाखा तथा उपशाखा कार्यालय स्थापना गर्न थालेको बताए।उनले चालु आर्थिक वर्षभित्र ७५ वटै जिल्लामा कम्पनीको उपस्थिती रहने बताए।उनले कम्पनीका आम अभिकर्ता एवं कर्मचारीले बीमितको सर्वोपरि हितलार्इ ध्यानमा राखेर काम गरेकोले अग्रणी बन्न सफल भएको बताए।

गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बीमा जागरणको आवश्यकता रहेको बताए।कम्पनीले गत आर्थिक वर्षमा कुल १२ अर्ब बीमा शुल्क आम्दानी,जीवन बीमा कोष करिब ४० अर्ब तथा कुल लगानी करिब ४७ अर्ब भन्दा बढी हासिल गरेको कम्पनीसचिव ओमप्रकाश पुडासैनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।