काठमाडौं । सुन तोलामा थप तीन सय रुपैयाँले सस्तो भएपछि ५५ हजार सात सय रुपैयाँमा झरेको छ । यसअघि फागुन १० गते पनि सुन तोलाको ५५ हजार सात सय रुपैयाँमा कारोवार भएको थियो । त्यसअघि असार ३१ गते सुन यही मूल्यमा कारोवार भएको थियो । असार यता बढ्न थालेको सुन प्रतितोला ६२ हजार रुपैयाँसम्म कारोवार भएको थियो । अन्तराष्ट्रिय बजार सुन पछिल्लो दश महिना यताकै न्युन विन्दुमा झरेको छ । बिहिवार अन्तराष्ट्रिय बजारमा सुन प्रति औंश १५५६ डलरमा कारोवार भैरहेको छ । बिहिवार पनि अन्तराष्ट्रिय बजारमा सुन थप साढे एक प्रतिशतले तल झरेपछि नेपालमा त्यसको असर शुक्रवारको मूल्यमा देखिने सम्भावना छ ।
बुधवार सुन तोलामा आठ सय रुपैयाँ सस्तो भएपछि प्रतितोला ५६ हजार रुपैयाँमा कारोवार भएको थियो । उता चाँदीको मुल्य पनि न्युन विन्दुमा झरेको छ । प्रतितोला एक हजार २५ मा कारोवार हुँदै आएको चाँदी बिहिवार तोलाको हजार रुपैयाँमा कारोवार भयो । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ समेत घटेको छ, बिहिवार प्रतिव्यारेल १०७ डलरमा कारोवार भयो, यसअघि प्रतिव्यारेल १११ डलरमा कारोवार हुँदै आएको थियो । उता कमोडिटी वस्तुको मूल्य घटे पनि डलरको भाउ भने बढेको छ । भारतीय रुपैयाँ कमजोर भएपछि त्यसको असर नेपाली रुपैयाँमा परेको हो ।
बुधवार नेपाल राष्ट्र बैंकले डलरको विनिमयको रिफ्रेन्स रेट ८७ रुपैयाँ १६ पैसा तोकेकोमा बिहिवार ८७ रुपैयाँ ३० पैसा तोकेको छ । उता डलर कारोवारमा संलग्न ठूला बैंकले भने यो बिहिवारका लागि ८७ रुपैयाँ ६० पैसा तोकेका छन् । भारतमा बिहिवार डलर भारु ३१ पैसा मजबुत बनेपछि ५४.७६ मा कारोवार भयो ।