BIZMANDU
www.bizmandu.com

सांसद मात्र होइन वडा सदस्य पनि सञ्चालक बन्न नपाउने, राष्ट्र बैंकले गर्यो निर्वाचितलाई कडाइ

२०७४ साउन ९

सांसद मात्र होइन वडा सदस्य पनि सञ्चालक बन्न नपाउने, राष्ट्र बैंकले गर्यो निर्वाचितलाई कडाइ
सांसद मात्र होइन वडा सदस्य पनि सञ्चालक बन्न नपाउने, राष्ट्र बैंकले गर्यो निर्वाचितलाई कडाइ

काठमाडौं। नेपाल राष्ट्र बैंकले स्थानीय तहको वडा सदस्यसमेतलाई बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालक बन्न रोक लगाएको छ। निर्वाचित प्रतिनिधिहरु बैंकमा आउँदा सुशासनमा समस्या हुने भन्दै केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गर्दै सञ्चालक हुन रोक लगाएको हो।
 
सांसदहरु बैंकको सञ्चालक समितिमा हुँदा संस्थागत सुशासनको पक्ष कमजोर भएको भन्दै राष्ट्र बैंकको लबिङमा नयाँ बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनमा सञ्चालको अयोग्यताको सुचीमा राखिएको थियो। बाफियाले संवैधानिक पदाधिकारीहरु बैक सञ्चालक हुन नपाउने ब्यवस्था गरेको छ।
 
राष्ट्र बैंकले संघीय संरचना बमोजिमको स्थानीय, प्रादेशिक वा संघीय तहको पदाधिकारीमा निर्वाचित ब्यक्तिहरु बैंक तथा वित्तीय संस्थामा सञ्चालक हुन नपाउने ब्यवस्था गरेको हो। नयाँ ब्यवस्थाले स्थानीय तहका अध्यक्षदेखि वडा सदस्यसम्म सञ्चालक बन्न पाउँदैनन्। यसैगरी प्रदेश तथा केन्द्रको सांसदहरु पनि बैंक सञ्चालक बन्न पाउँदैनन्। 

Tata
GBIME
Nepal Life