BIZMANDU
www.bizmandu.com

सानिमा बैंकमा खाता खोल्ने महिलालाई साउनभरी उपहार, एक रुपैयाँ उठाएर सामाजिक काममा खर्च

२०७४ साउन ९

सानिमा बैंकमा खाता खोल्ने महिलालाई साउनभरी उपहार, एक रुपैयाँ उठाएर सामाजिक काममा खर्च
सानिमा बैंकमा खाता खोल्ने महिलालाई साउनभरी उपहार, एक रुपैयाँ उठाएर सामाजिक काममा खर्च

काठमाडौं। सानिमा बैंकले साउन महिनाभरी हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकलाई विशेष उपहार दिन थालेको छ। बैंकले मूख्य कार्यालय नक्शालका साथै ४५ वटै शाखाबाट उपहार प्रदान गरिरहेको छ।


 
बैंकले उपहार योजना साउनभरी नै चल्ने विज्ञप्तिमा उल्दैख गरेको छ। बैंकले प्रत्येक नारी बचत खाता बापत बैकको तर्फबाट एक रुपैयाँका दरले सामाजिक कोषमा रकम जम्मा गर्ने जनाएको छ। यो रकम सामाजिक काममा खर्च हुन्छ।
 
बैंकले बचत खातामा बार्षिक ६ देखि ८ प्रतिशतसम्म ब्याज भुक्तानी गर्छ। ब्याज मासिक रुपमा पाइन्छ। 

Tata
GBIME
Nepal Life