BIZMANDU
www.bizmandu.com

नेप्सेको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट, अर्थले सुरु गर्यो छनौट समिति गठन प्रकृया

२०७४ साउन ९

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को महाप्रबन्धक खुल्ला प्रतिस्पर्धा मार्फत हुने भएको भएको छ। 
 
सरकारले रिक्त महाप्रबन्धक छनौट समिति बनाएर नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको हो। 
 
अर्थ मन्त्रालय स्रोतका अनुसार विशिष्ठ श्रेणीको अधिकृतको  संयोजकत्वमा तीन सदस्यीय छनौट समिति बनाउने काम अन्तिम चरणमा पुगेको छ। 
 
छनौट योग्य उम्मेद्वारबाट दरखास्त आह्वान गरि उत्कृष्ट तीन जनाको नाम सरकार समक्ष सिफारिस गर्नेछ। असार २४ गते सिताराम थपलियाले अवकास पाएपछि नेप्सेमा महाप्रवन्धक पद रिक्त छ। 

Tata
GBIME
Nepal Life