BIZMANDU
www.bizmandu.com

३० भदौबाट बुद्ध एयरको भरतपुर-पोखरा उडान, एकतर्फि भाडा तीन हजार ६५५ रुपैयाँ

२०७४ साउन ८

काठमाडौं । बुद्ध एयरले ३० भदौबाट भरतपुर-पोखरा-भरतपुर उडान सुरु गर्ने भएको छ। 

Tata
GBIME
Nepal Life

देशका बिभिन्न क्षेत्रीय विमानस्थलबाट दुर्गममा यस अघि पनि उडान हुने गरेकोमा राजधानी बाहिरका मुख्य शहरी केन्द्र पहिलो पटक हवाई सञ्जालमा जोडिन लागेका हुन्। 
 

चितवन र पोखरा भ्रमण गर्ने पर्यटक लक्षित गरि बुद्धले यो उडान सुरु गर्न लागेको हो। चितवन पोखरा जोड्ने सडकको नारायणगढ-मुग्लिन खण्डको समस्याले यी दुई गन्तव्य घुम्न जाने पर्यटकले सास्ति ब्यहोर्दै आएका थिए। 
 
कम्पनीले वाइ क्लासमा यात्रा गर्ने यात्रुलाई २५ किलो, ए र बी क्लासलाई २० किलो एवं सि, डि र इ क्लासलाई १५ किलो ‘ब्यागेज अलाउन्सेस’ दिने जनाएको छ। यो उडानमा एकतर्फि भाडा तीन हजार ६५५ रुपैयाँ लिने कम्पनीका मार्केटिङ डारेक्टर रुपेश जोशीले जानकारी दिए।
 
बुद्ध एयरले जहाज संख्या थपेसँगै काठमाडौंबाट गरि  रहेका उडान पनि केही समय अघि थप गरेको थियो।