BIZMANDU
www.bizmandu.com

ओप्पोको एफथ्री ब्ल्याक बन्यो ‘लिमिटेड एडिसन’, नेपाली बजारमा स्टक रहुन्जेलमात्र किन्न पाइने

२०७४ साउन ६

ओप्पोको एफथ्री ब्ल्याक बन्यो ‘लिमिटेड एडिसन’, नेपाली बजारमा स्टक रहुन्जेलमात्र किन्न पाइने
ओप्पोको एफथ्री ब्ल्याक बन्यो ‘लिमिटेड एडिसन’, नेपाली बजारमा स्टक रहुन्जेलमात्र किन्न पाइने

काठमाडौं। मोबाइल ब्राण्ड ओप्पोले ब्ल्याक एफथ्रीलार्इ ‘लिमिटेड एडिसन’मा परिणत गर्ने घोषणा गरेको छ। नेपाली बजारमा ३२ हजार ९ सय ९० रुपैयाँमा उपलब्ध हुँदै आएको ब्ल्याक एडिसनलार्इ नेपाली बजारमा प्राप्त सफलताका लागि कृतज्ञताका रुपमा ‘लिमिटेड एडिसन’ बनाएको कम्पनीले प्रेस बिज्ञप्तीमार्फत जनाएको छ।

लिमिटेड एडिसन बन्न लागेको ब्ल्याक एडिसन सेल्फी मन पराउने युवा पुस्तामाझ विशेष लोकप्रिय छ। नेपाली बजारमा प्रवेश गरेको छोटो अवधिमै आफ्नो परिचय सेल्फी एक्सपर्ट क्यामेरा फोनका रुपमा स्थापित गरेको ओप्पोले एकपछि अर्को सेल्फी केन्द्रित फोन सार्वजनिक गरिरहेको छ। नेपाली बजारमा केही समयअघि मात्र सार्वजनिक गरिएको ओप्पो एफथ्रीले उल्लेखनीय सफलता हासिल गरेको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

यहि सफलताका कारण कम्पनीले ब्ल्याक एडिसनलार्इ लिमिटेड एडिसन बनाउँदै अब ब्ल्याक फोनको उत्पादन बन्द गर्ने घोषणा समेत गरेको छ । ओप्पोको ब्ल्याक एडिसन बजारमा स्टक रहुन्जेल मात्र किन्न सकिने पनि कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।
ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले बजारमा ओप्पोको ब्ल्याक एडिसनले पाएको प्रतिक्रियाबाट उत्साहित भएर लिमिटेड एडिसनका रुपमा लैजान लागेको बताए।

मध्यमबर्गीय बजार लक्षित ओप्पोको  एफथ्रीको ब्ल्याक एडिसनमा आकर्षण डिजाइन, अत्याधनिक प्रविधि, डुअल फ्रन्ट क्यामेरा, फास्ट चार्जिङ लगायतका बिभिन्न सुविधाहरु रहेको कम्पनीले जनाएको छ।