BIZMANDU
www.bizmandu.com

नेपालमा फोहोरमा उर्जा खोज्ने अभियान, उत्कृष्ट दश परियोजनालाई पुरस्कृत गरिने, प्रस्ताव आव्हान

२०६९ चैत्र २१

नेपालमा फोहोरमा उर्जा खोज्ने अभियान, उत्कृष्ट दश परियोजनालाई पुरस्कृत गरिने, प्रस्ताव आव्हान
नेपालमा फोहोरमा उर्जा खोज्ने अभियान, उत्कृष्ट दश परियोजनालाई पुरस्कृत गरिने, प्रस्ताव आव्हान


काठमाडौं । फोहोरलाई उपयोग गरी नविकरणीय उर्जाको उत्पादन गर्ने सिर्जनशील परियोजनालाई पुरस्कृत गरिने भएको छ । ‘फोहरमा पनि छ सम्भावना हजार’ मूल नाराका साथ आयोजना गर्न लागिएको नेपाल नवीकरणीय ऊर्जा बजार अभियानमा औद्योगिक साथै अन्य जैविक फोहोरबाट ऊर्जा निकाल्ने उपाय पठाउन प्रस्ताव आव्हान गरिएको छ । यस्तो प्रस्ताव वैशाख ६ गते भित्र पठाउन औद्योगिकलगायत व्यवसायीक प्रतिष्ठान, नगरपालिका, गैर–सरकारी संघ–संस्था, समुदायलाई वैकल्पिक उर्जा प्रवद्र्धक केन्द्रले आग्रह गरेको छ ।
देशभरबाट प्राप्त उपायहरुको नविनता, उपाय कार्यान्वयन गर्ने प्रस्तावित साझेदारी, दिगोपन, अन्य स्थानमा अनुसरण गर्न सकिने प्रकृति र प्रभावका आधारमा मूल्याकंन गरि उत्कृष्ट परियोजनालाई पुरस्कृत गरिने पनि संस्थाले जानकारी दिएको छ । यसरी छानिएका १० वटा उत्कृष्ट परियोजनाहरुका छोटो श्रव्य दृष्य सामाग्री सहितका विस्तृत व्यवसायिक र कार्यन्वयनका योजनालाई बैशाख १३ गते काठमाण्डौंमा आयोजना हुने नेपाल नवीकरणीय ऊर्जा फोहोरबाट ऊर्जा बजारमा प्रस्तुत गर्ने मौका दिईने पनि संस्थाले जानकारी दिएको छ ।
नेपालमा  नवीकरणीय ऊर्जा—फोहोरबाट ऊर्जा बजार २०१३ अभियानको थालनी गरिएको छ । व्यवसायिक र विकाससंग सम्बन्धित निकायसंग हातेमालो गर्दै फोहोर मैला व्यवस्थापन र नवीकरणीय ऊर्जा उत्पादन गरी नेपालको आर्थिक विकासमा सहयोग पु–याउने उद्धेश्यले वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र र विश्व बैंकले संयुक्त रुपमा यो अभियान सुरु गरेका हुन् ।
फोहरबाट ऊर्जा उत्पादन गर्नसकेमा सुपथ मूल्यमा इन्धन, विजुली तथा अन्य सुविधाहरु सहजै प्राप्त गर्न सक्नुका साथै लोडसेडिङ, बढ्दै गइरहेको ग्यास, पेट्रोल र डिजेलको मूल्य वृद्धिबाट पनि सबैलाई राहत मिल्नेछ संस्थाको दावी छ । यसबाट फोहोरमैला व्यवस्थापनमा समेत योगदान मिल्नेछ ।
भर्खरै मात्र नवीकरणीय ऊर्जा प्रविधिका नयाँ अनुदान नीति लागू भएको अवस्थामा आफ्ना वरिपरि खेर गइरहेको फोहरहरुबाट विभिन्न तरिकाले जुक्ति निकालेर ऊर्जा उत्पादन गर्न सकिने कुरालाई आत्मसात् गर्दै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र विश्व बैंकले “नेपाल नवीकरणीय ऊर्जा — फोहोरबाट ऊर्जा बजार २०१३” अभियानको थालनी गरेको बुधवार जारी प्रेस विज्ञप्तिमा छ ।

Tata
GBIME

देशमा नवीकरणीय ऊर्जा प्रविधिहरुको प्रवद्र्धन गर्ने केन्द्रिय निकायको रुपमा कार्यरत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा हाल नेपाल सरकार र विभिन्न दातृनिकायहरुको सहयोगमा राष्ट्रि«य ग्रामिण तथा नवीकरणीय ऊर्जा कार्यक्रम संचालनमा रहेको छ । यस कार्यक्रमले तापीय र बिधुतीय प्रयोजनको लागी फोहोरबाट ऊर्जा उत्पादन गर्ने कार्यको सुरुवात गरेको छ । त्यस्तै नेपाल न्यून आय भएका देशहरुका लागि सुरु भएको स्केलिङअप रिन्युएवल इनर्जी कार्यक्रम अन्तर्गत सहयोग पाउने ६ देशमध्येको एक हो । स्केलिङअप रिन्युएवल इनर्जी कार्यक्रमले नेपालमा फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनाहरुको कार्यान्वयन गर्नेछ ।