BIZMANDU
www.bizmandu.com

एनएलजीमा मुद्दा हारेपछि विजयवहादुर शाह नेपाल इन्स्योरेन्सको सिइओ नियुक्त,चार बर्षे कार्यकाल

२०७४ साउन २

एनएलजीमा मुद्दा हारेपछि विजयवहादुर शाह नेपाल इन्स्योरेन्सको सिइओ नियुक्त,चार बर्षे कार्यकाल
एनएलजीमा मुद्दा हारेपछि विजयवहादुर शाह नेपाल इन्स्योरेन्सको सिइओ नियुक्त,चार बर्षे कार्यकाल

काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा विजयवहादुर शाहलाई नियुक्त गरेको छ। उनी यसअघि एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत थिए।
 
एनएलजीमा दोस्रो कार्यकाल पुरा गरी तेस्रो कार्यकालका लागि समेत नियुक्त गरेपछि नियामक बीमा समितिले उनको नियुक्तिलाई बदर गरिदिएको थियो। त्यसपछि शाह पाटन उच्च अदालत पुगेका थिए।
 
पाटनले बीमा समितिको निर्णयलाई नै सदर गरिदिएपछि शाह पदमुक्त भएका थिए। त्यहाँबाट हटेपछि शाह नेपाल इन्स्योरेन्स कम्पनी पुगेका हुन्। उनी बिमक संघको अध्यक्षसमेत भएका थिए।
 

Tata
GBIME
Nepal Life