BIZMANDU
www.bizmandu.com

तपार्इले डिम्याट खाताको नवीकरण शुल्क तिर्नुभयो? साउनसम्म नबुझाए कारोबारमा रोक

२०७४ असार ३०

काठमाडौँ ।केन्द्रीय निक्षेप प्रणाली(सीडीएससी)ले साउन मसान्तसम्म हितग्राही(डिम्याट)खाता संचालन गरे बापतको नवीकरण शुल्क नबुझाउने  लगानीकर्ताको कारोबारमा रोक लगाउने भएको छ ।
 
आर्थिक वर्ष २०७३/७४ मा खाता संचालन गरेबापतको नवीकरण शुल्क प्रति खाता वार्षिक एक सय रुपैयाँ बुझाउँनुपर्छ।तोकिएकै समयमा शुल्क नबुझाएका लगानीकर्ताको कारोबारमा रोक लगाउने सीडीएससीले जनाएको छ । बिहिबार सम्म सीडीएससीमा आठ लाख ६९ हजार दुई सय ५० जनाले डिम्याट खाता खोलेका छन् । सबै लगानीकर्ताले साउन मसान्त सम्म आफ्नो खाता रहेको निक्षेप सदस्यकोमा गएर शुल्क भुक्तानी गर्नु र्ने सीडीएससीकी प्रवक्ता सविना पुजारीले बतार्इन् ।
 
पछिल्लो समय खाता खोल्ने तर नवीकरण नगर्ने प्रवृति बढेकोलेपनि कडाई गर्नु परेको उनले बतार्इन् । हाल सम्म खाता खोलेर पनि शुल्क नबुझाउने लगानीकर्ताको दायित्व एक करोड भन्दा माथि पुगेको पुजारीले जानकारी दिर्इन्।                              
 

Tata
GBIME
Nepal Life