BIZMANDU
www.bizmandu.com

दुई सातामै बैंकमा ३९ अर्ब रुपैयाँ निक्षेप थपियो, ८६ अर्ब अधिक तरलता, ऋण लगानी १६ अर्बले उक्लियो

२०७४ असार २९

काठमाडौं। बाणिज्य बैंकहरुमा दुई सातायता निक्षेपमा असाधारण बृद्दि देखिएको छ। लामो समयदेखि निक्षेप नबढेर समस्यामा परेका बैंकहरुमा आर्थिक बर्ष सकिन लाग्दा निक्षेपमा उत्साहजनक बृद्धि देखिएको छ।
 
दुई सातामा ३९ अर्ब निक्षेप बढेको छ। अब सञ्चालनमा रहेका २८ बाणिज्य बैंकमा २० खर्ब १८ अर्ब निक्षेप पुगेको छ। दुई सातायता केही बाणिज्य बैंकले विकास बैंक र फाइनान्स कम्पनी गाभिएका कारण उनीहरुको निक्षेप बाणिज्य बेंकको खातामा गणना भएको हो।
 
अर्कोतर्फ सामान्य रुपमा विकास खर्च बढेको छ। बैंकहरुले दुई सातायता ऋण लगानी पनि १६ अर्बले बढाएका छन्। तर एक सातालाई मात्र हेर्दा कर्जा एक अर्बले मात्र बढेको हो। बाणिज्य बैंकहरुसँग अब कुल कर्जा लगानी १६ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ।
 
बैंकहरुमा तरलता बढेपछि राष्ट्र बैंकले बुधबार १० अर्बको निक्षेप किन्ने प्रस्ताव गरेको थियो। यसमध्ये ७ अर्ब निक्षेप बैंकहरुले बेचेका थिए। बिहीबार फेरि २० अर्बको निक्षेप किन्ने प्रस्ताव गरेको छ। अहिले बैंकिङ प्रणालीमा ८६ अर्ब रुपैयाँ अधिक तरलता छ।

Tata
GBIME
Nepal Life