BIZMANDU
www.bizmandu.com

कतार एयरवेजले अवार्ड पाउँदा एयर टिकटमा ४० प्रतिशतसम्म छुट, सर्वोत्कृष्ट एयरलाइन्स घोषित

२०७४ असार २७

कतार एयरवेजले अवार्ड पाउँदा एयर टिकटमा ४० प्रतिशतसम्म छुट, सर्वोत्कृष्ट एयरलाइन्स घोषित
कतार एयरवेजले अवार्ड पाउँदा एयर टिकटमा ४० प्रतिशतसम्म छुट, सर्वोत्कृष्ट एयरलाइन्स घोषित

काठमाडौं। कतार एयरवेजले स्काइट्र्याक्समार्फत प्रदान गरिएको ‘वर्ल्ड बेष्ट एयरलाइन्स’ उपाधी पाएको छ। ‘विश्वकै सर्वोत्कृष्ट एयरलाइन’ को रुपमा घोषित भएपछि त्यसको खुसी मनाउन कतार एयरवेजले ४० प्रतिशत सम्मको फेयर डिस्काउण्ट योजना ल्याएको छ। 
 
अथक मेहेनत र आफ्ना यात्रुलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गरे बापत अवार्ड प्राप्त भएको कम्पनीले विज्ञप्तिमा जनाएको छ। 


 
कम्पनीको सन्सारभरी फैलिएको सञ्जालमा रहेका उत्कृष्ट होलिडे डेष्टिनेशन (छुट्टी गन्तब्य) को यात्रा गर्दा ४० प्रतिशतसम्मको छुट दिएको हो। यसै हप्ता सञ्चालनमा ल्याइएको कम्पनीको वैशिवक विक्रि अभियान ‘फ्लाइ विथ दि वल्र्डस् बेष्ट एयरलाइन’ कै भागका रुपमा पनि छुट योजना लागु गरिएको छ।

Tata
GBIME
Nepal Life