BIZMANDU
www.bizmandu.com

चीनको हाइस्पीड रेलको यात्रा: प्रतिघण्टा ४ सय ३० किलोमिटर स्पीड, हावासँग कुराकानी!

२०७४ असार २५

चीनको हाइस्पीड रेलको यात्रा: प्रतिघण्टा ४ सय ३० किलोमिटर स्पीड, हावासँग कुराकानी!
चीनको हाइस्पीड रेलको यात्रा: प्रतिघण्टा ४ सय ३० किलोमिटर स्पीड, हावासँग कुराकानी!

संघार्इ । चीनले पछिल्लो तीन दशकमा विकासमा ठूलो छलाङ मारेको छ।

Tata
GBIME
Nepal Life

अहिले विश्वकै ठूलो निर्यात गर्ने देशमा चीनकै नाम आउँछ।चीनको प्रगतिका पछाडी सबैभन्दा ठूलो भूमिका रेलको छ। चीनमा पछिल्लो समयमा संचालनमा आएको 'हार्इ स्पीड' रेलले यात्रुलार्इ सहज मात्रै बनाएको छैन अर्थव्यवस्थाको रफ्तारलार्इ समेत द्रुत गतिमा अघि बढाएको छ।
 

चीनको 'हार्इ स्पीड'रेलमा यात्रा गर्नेले हावासँग कुराकानी गरेको जस्तो लाग्छ। संघार्इको म्याग्नेटिक ट्रेन, जसको गति प्रति घण्टा ४ सय ३० किलोमिटरमा रहेको छ। म्याग्लेव भनिने यो रेल आवाज भन्दा पनि द्रुतगतिमा कुद्छ। यो ट्रेनमा यात्रा गर्नेले हावासँग कुराकानी गरेकोजस्तै भान हुन्छ। यो रेलले फुदोङ इन्टरनेशनल एयरपोर्टबाट मेट्रो स्टेशनसँग पुग्छ।


यात्रुको सहजताका लागि एउटा रेल स्टेशन हवार्इ अड्डाको बीचमा बनाइएको छ।सबै सार्इन बोर्ड चिनियाँ र अग्रेजी दुबै भाषामा लेखिएको छ। यो रेल द्रुत गतिमा गुड्ने मात्रै होइन भाडा पनि कम छ। पहिलो स्टेशनदेखि अन्तिम स्टेशनको पूरै यात्राको मूल्य जम्मा ८० युआन छ। टिकटका लागि मेशिन राखिएको छ। यो रेलमा यात्रा गर्दा धेरै मज्जा आउने यात्रुको अनुभव छ।


तर यात्रु भने चनाखो हुनुपर्छ। एउटा स्टेशनमा झर्न भुलेमा केही मिनेटमै रेल धेरै टाढा पुगिसकेको हुन्छ। सुरुको २० सेकेन्डमै रेलले ६० किलोमिटरको गति लिइ सकेको हुन्छ। केही समयमै रेलको स्पीडोमिटर १०० किलोमिटर प्रतिघण्टा चल्न थाल्छ। केही सेकेण्डमै २०० र त्यसपछिको केही सेकेण्डमै ३०० सय किलोमिटर प्रतिघण्टाको गति पुग्छ। यो स्पिडोमिटर प्रतिघण्टा ४ सय ३१ किलोमिटरमा पुगेको देखिन्छ। स्टेशन आइपुग्न लागेपछि रेलको गति घट्छ।