.JPG)
काठमाडौं। अबदेखि नेपाल राष्ट्र बेंकले लेखा परीक्षकको सुची तयार नपार्ने भएको छ। राष्ट्र बैंकको सुचीभित्र रहेका लेखा परीक्षकहरुलाई मात्र बैंक तथा वित्तीय संस्थाहरुले अडिटर नियुक्त गर्न पाउँथे।
त्यसैले राष्ट्र बैंकले सुची तयार पारेर बार्षिक रुपमा प्रकाशित गर्ने गरेको थियो। यस बर्षदेखि भने सुची जारी नगर्ने राष्ट्र बैंकले जनाएको छ।
नयाँ बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनको दफा ६३ मा लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धि ब्यवस्थामा लेखा परीक्षकको सुची कायम गर्नु पर्ने ब्यवस्था खारेज गरिएको छ। त्यसैले राष्ट्र बैंकले अब सुची जारि नगर्ने जनाएको हो।
राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै सहवित्तीयकरण सम्बन्धि कर्जामा नयाँ ब्यवस्था गरेको छ। बैंक तथा वित्तीय संस्थाले लघुवित्त संस्थालाई दिने ऋण सहवित्तीयकरणमा राख्न नपर्ने व्यवस्था गरेको हो।