BIZMANDU
www.bizmandu.com

असार १९ गतेदेखि अनलाइन मोबाइल सप्ताह, ५० प्रतिशतसम्म छुटमा मोबाइल बिक्री

२०७४ असार १३

काठमाडौँ। दराज केमु प्रालिले आफ्नो अनलाइन प्लेटफर्ममा मोबाइल सप्ताह २०१७ सञ्चालन गर्ने भएको छ। असार १९ देखि २३ गतेसम्म केमुडटकमडटएनपीमा मोबाइल सप्ताह आयोजना हुने भएको हो।
 

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी दराज केमु प्रालिले मोबाइल सप्ताहका बारेमा जानकारी गराएको हो। आयोजकका अनुसार सप्ताह अवधिभर अनलाइन स्टोरमा नेपालमा अधिक प्रयोगमा रहेका सबै ब्राण्डका मोबाइलहरु ५० प्रतिशतसम्म छुटमा किन्न पाइन्छ।
 
यसका अलावा मोबाइल सप्ताह अवधिमा विभिन्न ब्राण्डका मोबाइल खरिद गर्ने ग्राहकलाई आकर्षक उपहार पनि प्रदान गरिनेछ। उक्त अवधिमा मोबाइल खरिद गर्ने ग्राहकलाई थप नगद छुट साथै मोबाइल डाटा पनि निशुल्क उपलब्ध गराइने दराज केमुका प्रबन्ध निर्देशक राजिव अमात्यले बताए।
 
मोबाइल सप्ताहमा सामसुङ, वान प्लस, माइक्रोम्याक्स, एप्पल, हुवावे, नोकिया, जोप्पो, ओप्पे लगायत अन्य धेरै ब्राण्डका मोबाइलहरु सहज रुपमा सुपथ मूल्यमा अनलाइन प्लेटफर्मबाट किन्न सकिनेछ। यसका साथै मोबाइलका अन्य उपकरणहरु इयरफोन, ब्लुटुथ, साउण्ड सिष्टम, पावर बैंक लगायतका सामग्री पनि मोबाइल सप्ताहको आकर्षण्का रुपमा रहने छन्।
 

Tata
GBIME
Nepal Life