विभागका शाखा अधिकृत ढुन्डिराज पोखरेलको नेतृत्वमा आएको टोलीले चितवनको बजार अनुगमन गरिे रामनगरको न्यू शिव शक्ति होटल,सुष्मा होटल , नारायणगढको शर्मा आईसक्रिम, आनन्दमार्गको ओम सत्य साई गल्ला पसल र श्री टेडर्सको कारोबार रोक्का गरेको पोखरेलले बताए।ती व्यवसायिक फर्मले नियम बिपरीत व्यवसाय सञ्चालन गरेको र अखाद्य बस्तु तथा म्याद नाघेका बस्तुहरु बिक्री गरेको पाइएको उनले बताए।
अनुगमनका क्रममा होटलहरुले अस्वस्थकर खाना खुवाएको पाईएको , शर्मा आईसक्रिमले आवश्कयता भन्दा बढी रगंको प्रयोग गरेको , श्री टेडर्सले १२ वर्ष देखि ब्यवसाय दर्ता बिनानै सञ्चालन गरेको र ओम सत्य साई गल्ला पसलले म्याद नभएकोे खानेतेल लगायत अन्य बस्तु बिक्री गरेको पाइृएकाले कारोबार रोक्का गरि सटर लगाएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओम नारायण शर्माले बताए।